
तेह्रथुम । धनकुटाकाे छथर जोरपाटी गाउँपालिकामा कबडहल निमार्ण हुने भएको छ ।
गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को गाउँसभाबाट ४ लाख रकम विनियोजन गरी कबडहल निमार्ण सुरु गरिएको गाउँपालिका अध्यक्ष छत्र सुब्बाले बताउनुभयो ।
हल नहुँदा यहाँका खेलाडीहरु वषौंदेखि खुल्ला आकाशमा खेलकुद प्रतियोगिताहरु सञ्चालन गर्दै आएका थिए ।
गाउँपालिकाको आर्थिक सहयोगका साथै यहाँका स्थानीय, खेलकुदप्रेमी तथा कर्मचारीहरुको श्रमदानमा हल निमार्ण कार्य भइरहेको हो ।
प्रतिक्रिया दिनुहोस्