२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


दशैंका लागि टिकटको अग्रिम बुकिङ आजदेखि खुला


520
Shares

काठमाडौं । दशैंका लागि सोमबारदेखि अग्रिम टिकट बुकिङ खुला भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपश्चात् सोमबारदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

हरेक वर्ष दसैं, तिहारका अवसरमा काठमाडौंबाट लाखौं यात्रु बाहिरिने गरेका छन् । आवागमनलाई सहज बनाउन बुकिङका लागि सबै व्यवस्थापन गरी खुला गरिएको जनाइएको छ ।

यस अवधिमा काठमाडौं उपत्यकाबाट करिब २० लाखसम्म यात्रु बाहिरिने अनुमान गरिएको छ ।