
काठमाडौं । सोमबार विश्व हुलाक दिवस मनाइँदै छ ।
‘विश्वासका लागि एकसाथ’ भन्ने नाराका साथ नेपालमा पनि यो दिवस मनाइँदैछ । विश्वभर सूचना सन्देश प्रवाह गर्ने विश्वव्यापी संस्थाका रूपमा हुलाकलाई लिइन्छ ।
विश्वभरका मानिसबीच आपसी सद्भाव एवं भाइचारा वृद्धि गर्न सूचना तथा सञ्चारको आवश्यकता महसुस गर्दै सामाजिक आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले सन् १८७४ अक्टोबर ९ मा विश्व हुलाक संघ स्थापना भएको थियो ।
नेपालले उक्त संघको सन् १९५६ मा सदस्यता लिएको थियो । सदस्यता लिएकै वर्षदेखि नेपालमा पनि हुलाक दिवस मनाउन थालिएको हो ।
सञ्चारको प्रारूपको सुरुवात हुलाकबाट सुरु भएको हो ।
प्रतिक्रिया दिनुहोस्