११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


इजरायल घटनामा मृत्यु भएकाको परिवारलाई सुदुरपश्चिम सरकारले २ लाख दिने


195
Shares

काठमाडौं । सुदूरपश्चिम सरकारले इजरायल घटनामा मृत्यु भएकाको परिवारलाई २ लाख रुपैया दिने निर्णय गरेको छ ।

प्रदेश सरकारले इजरायलमा प्यालेष्टाइनी समूह हमासको मिसाइल आक्रमणमा मृत्यु भएका सुदूरपश्चिमका ७ जनाको परिवारलाई जनही २ लाख रुपैया दिने निर्णय गरेको हो । सोमबार मुख्यमन्त्री कमलबहादुर शाहले विज्ञप्ति जारी गर्दै शव ल्याउन सहजीकरण गरिदिन संघ सरकारलाई आग्रहसमेत गर्नु भएको छ ।

दक्षिण इजरायलको द्वन्द्वग्रस्त क्षेत्र सेदोत नेगेभको किवुज अलुमिनमा हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थी मध्ये ७ जना सुदूरपश्चिमबाट अध्ययन तथा सिकाइका लागि गएका थिए ।