१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


हुलाक सेवालाई आधुनिक र प्रतिष्पर्धी बनाउनुपर्छ : सञ्चारमन्त्री शर्मा


65
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हुलाक सेवालाई आधुनिक र प्रतिष्पर्धी बनाउँदै यसको दायरालाई फराकिलो बनाउनुपर्ने बताउनुभएको छ ।

सोमबार विश्व हुलाक दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले परम्परागत रुपमा हुलाक सेवालाई प्रभावकारी बनाउन नसकिने बताउनुभएको हो । उहाँले आगामी दिनमा हुलाक सेवालाई आधुनिक र प्रतिष्पर्धी बनाउँदै यसको दायरलाई फराकिलो पार्नुपर्ने बताउनुभएको हो ।

मन्त्री शर्माले हुलाक सेवामा प्रविधियुक्त संगठनात्मक संरचना बनाउनुपर्ने बताउनुभयो । त्यस्तै, हुलाक सेवामा कार्यरत कर्मचारीहरुको क्षमता विकास गर्नुपर्ने पनि उत्तिकै आवश्यक रहेको उहाँले बताउनुभयो ।

मन्त्री शर्माले सरकारले प्रविधि र भौतिक पूर्वाधार सुधारसहित हुलाक सेवामा व्यापक सुधार ल्याउन पहल गरिरहेको बताउनुभयो । उहाँले सम्पूर्ण सरकारी सामाग्रीको ओसार-पसार हुलाकबाटै गर्ने व्यवस्था मिलाउन सरकारले नीतिगत निर्णय गरिसकेको पनि जानकारी गराउनुभयो ।

मन्त्री शर्माले हुलाक सेवाको पुनःसंरचना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले स्मार्ट हुलाक बनाउनेगरी लाग्न कर्मचारीहरुलाई आग्रह गर्नुभयो ।