
सर्लाही । तलब नपाएपछि सर्लाहीको सागरनाथ वन विकास परियोजनामा कार्यालयका कर्मचारीले ताला लगाएका छन् ।
परियोजनाका कर्मचारीले गएको १४ महिनादेखि तलव नपाएकाले ताला लगाएका हुन् ।
तलव नपाउँदा घरको दैनिकी र व्यवहार चलाउन गाह्रो भएको भन्दै उनीहरुले कार्यालयमा ताला लगाएर साेमबारबाट धर्नामा बसेका छन् ।
सर्लाहीमा सागरनाथ वन विकास परियोजना २०३५ सालमा स्थापना भएको थियो ।
प्रतिक्रिया दिनुहोस्