२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


इजरायलको बंकरबाट नेपाली विद्यार्थीको हारगुहार – हाम्रो तत्काल उद्धार गरियोस्


468
Shares

काठमाडौं । इजरयालको युद्धग्रस्त क्षेत्रमा फसेका नेपाली विद्यार्थीहरुले जीवन रक्षाका लागि नेपाल सरकारसँग हारगुहार गरेको तीन भईसकेको छ । १० जना सहकर्मी मारिएको खबर सुनेका उनीहरु बंकरभित्र हतास मनस्थितमा रहेका छन् । ईमेज च्यानलको सम्पर्कमा आएका नेपालीहरुले आफूहरुको अवस्था बुझेर तत्काल उद्धारका लागि अपील गरेका छन् ।

इजरायली सरकारको “कमाउँदै पढ्दै” कार्यक्रम अन्तर्गत ईजरायल पुगेका विनोद प्रसाद शाह र लोकेन्द्र बिष्टसहित ९ जना तीन दिनदेखि बंकरमा बसेका छन् । आफूहरुसँग इजरायल पुगेका १० जना साथिहरुको ज्यान गएको खबर उनीहरुले बंकरभित्रै थाहा पाए भने आफूहरु पनि कति बेला मारिने हो भन्ने त्रासमा उनीहरु रहेका छन् । इमेज च्यानलको सम्पर्कमा आएका उनीहरुले जीवन रक्षाका लागि नेपाल सरकारसँग आग्रह गरेका छन् ।

अर्का नेपाली विद्यार्थीे सुरज भण्डारीले त प्रधानमन्त्री पुष्पकमल दाहाललाई सम्बोधन गरेर पत्र समेत लेखेका छन् । कास्कीको अन्नपुर्ण गाउँपालिकाका भण्डारी पनि कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट इजरायल गएका हुन । उनले प्रधानमन्त्रीलाई लेखेको पत्र निकै दर्दनाक छ ।

सुदूरपश्चिम विश्वविद्यालयबाट प्रयोगात्मक अध्ययनका लागि ईजरायल पुगेका अर्का नेपाली विद्यार्थी विपीन सुवेदीले सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै आफूहरुलाई उद्धार गरिदिन आग्रह गरेका छन् । विपीन कमाउँदै पढ्दै कार्यक्रम अन्तर्गत नै इजरायल गएका हुन् । यसैगरी बर्दियाका लुईस रिजालले पनि सामाजिक सञ्जाल मार्फत आफूहरुलाई सुरक्षित क्षेत्रमा पुर्याईदिन हारगुहार गरेका छन् ।

नागरिकलाई सरकारको आवश्यकता पर्ने यस्तै अप्ठेरोमा हो । तर हाम्रो सरकारले भने अहिलेसम्म फगत झारा टार्ने भन्दा अरु केही गरेको छैन ।