
काठमाडौं । हमासको आक्रमणमा परि ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीका आफन्तलाई शव कहिले आउला भन्ने चिन्ता छ । पढ्ने र कमाउने भन्दै इजरायल पुगेका आफन्त मारिंदा भावबिब्ह्ल भएकाहरु सरकारको जवाफको पर्खाइमा छन् ।
इजरालयमा मारिएका मध्येका धनुषाको सपही–६, का आनन्द साह परिवारका एक्ला छोरा हुन् । आनन्दका सानिमाका छोरा प्रकाश साह भाइ मारिएको खबर आनन्दकै साथीबाट पाएको बताउँछन् । इजरायलमा भाइलाई सम्पर्क गर्न खोज्दा फोन लागेन पछि भाइ जीवित छैन भन्ने खबर पाएको प्रकाश साह बताउनुहुन्छ ।
फुल स्कलरसिपमा इजरायल गएका आनन्दको शव लिनका लागि काठमाडौं आएका उनले सरकारले कहिले शव आइपुग्न सक्छ भन्ने जवाफ नदिएकोमा चिन्ता व्यक्त गर्नुहुन्छ । सरकारले भने इजरायलले विमान प्रवेशका लागि अनुमति दिएलगत्तै शव ल्याइने बताएको छ ।
प्रतिक्रिया दिनुहोस्