
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक मंगलबार बस्दै छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा मंगलबार दिउँसो १२ बजे संसदीय दलको बैठक बस्न लागेको हो ।
बैठकमा मुलुकको समसामयिक अवस्था र इजरायल हमासको आक्रमणपछिको अवस्थाबारे छलफल हुने कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।
संसदीय दलको बैठकअघि कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बराहिमा पार्टी पदाधिकारीको बैठक बस्दैछ ।
प्रतिक्रिया दिनुहोस्