२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


हमासविरुद्ध लड्न ठूलो शक्ति प्रयोग गर्ने इजरायली प्रधानमन्त्रीको चेतावनी


6.916k
Shares

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेष्टाइन समर्थक लडाकु समुह हमासविरुद्ध लड्न ठूलो शक्ति प्रयोग गर्ने चेतावनी दिनुभएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार इजरायली सुरक्षाबलहरुले दशककै खराब आक्रमणको बदला लिने काम सुरु भएको भन्दै हमासलाई युद्धको सामनाका लागि तयार रहन पनि उहाँले चेतावनी दिनुभयो ।

हमासको आक्रमणमा परी इजरायल तर्फ ९ सय जनाको मृत्यु भइसकेको छ भने गाजापट्टीमा ६ सय ९० बढीको ज्यान गएको छ । हमासले भने इजरायलले सर्वसाधारणलाई सचेत नतुल्याई हवाई हमला गरेका बन्धक बनाइएका सबैलाई मार्ने धम्की दिएको छ ।

हमासले गत शनिबार इजरायलमाथि आक्रमण गर्ने क्रममा सयौं नागरिकहरुलाई बन्धक बनाई गाजापट्टीमा लगेको थियो ।