१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


इजरायल र हमासबीच युद्ध जारी


4.823k
Shares

एजेनसी । गत शनिबारबाट सुरु भएको प्यालेस्टाइन समर्थित लडाकु समुह हमास र इजरायलबीचको युद्ध मंगलबार पनि जारी छ ।

युद्धकाबीच गजापट्टीमा बिजुली, रासन र इन्धनको आपूर्ति बन्द गरिएको इजरायलले जनाएको छ । इजरायलका रक्षामन्त्री योआव गालेन्टले गाजा पट्टीलाई पुरै घेराबन्दी गर्न आदेश दिएपछी बिजुली, रासन र इन्धन आपुर्ति बन्द गरिएको हो ।

गाजाको हवाई र तटीय क्षेत्र इजरायलको नियन्त्रणमा रहेको र त्यहाँ इजरायलले सो क्षेत्रमा गर्दै आएको खाद्यान्न लगायत अन्य सामग्रीको आपूर्तिलाई रोकेको हो । गाजापट्टीबाट हमासले रकेट प्रहार जारी राखेको छ ।

इजरायलको डिफेन्स फोर्स (आईडीएफ) ले हमलापछि खतराको साइरन बजाइएको साइरन जेरुसेलममा पनि सुनिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

संयुक्त राष्ट्रसंघले इजरायलले सुरु गरेको जवाफी कारबाहीपछि गाजापट्टीका करिब १ लाख ५० हजार सर्वसाधारण घर छाडेर भागेको जनाएको छ ।

गाजामा १ लाख २३ हजारभन्दा बढी घरबारविहीन बनेका छन् ।