१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


इजरायलमा भएका सबै नेपाली विद्यार्थीलाई सुरक्षित स्थानमा सारियो : परराष्ट्र मन्त्रालय


234
Shares

काठमाडौं । नेपालबाट इजरायलमा कमाउँदै पढ्दै कार्यक्रम अन्तर्गत गएका सबै विद्यार्थीलाई सुरक्षित स्थानमा सारिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सबै बिद्यार्थी दूतावासको सम्पर्कमा रहेको र इजरायलले हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने पनि मन्त्रालयले जनाएको छ ।

इजरायली सेनाको सहयोगमा सबै विद्यार्थीहरुलाइ सुरक्षित स्थानमा सारिएको र ५० भन्दा बढी विद्यार्थीलाई स्थानान्तरण गरिसकिएको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सरकारले नेपालीहरुको स्वदेश फिर्तीमा सहयोग गर्न हिब्रू भाषा जान्ने स्थानीयलाई बढीमा तीन महिनाका लागि काममा लगाउन इजरायलस्थित नेपाली दूतावासलाई स्वीकृती पनि दिएको छ ।