२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


नेपालबाट इजरायल पठाउन खोजिएका जहाज अनुमति नदिएकोबारे सरकारसँग जवाफ माग


3.419k
Shares

काठमाडौं । नेकपा एमालेकी सांसद सुनिता बरालले नेपालबाट पठाउन खोजिएका जहाज अनुमति नदिएकोबारे सरकारसँग जवाफ माग गर्नुभएको छ ।

मंगलबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले यी घटनाबाट पाठ सिकेर योजना बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले इजरायल आफैँमा ढुक्क भएर बस्ने देश नरहेको भन्दै इजरायलस्थित नेपाली दुतावासलाई त्यहाँको वस्तुस्थितिबारे जानकारी नरहेको स्पष्ट भएको बताउनुभयो । उहाँले थप जोखिममा नेपाली पर्न नदिनका लागि सरकारले तदारुकताकासाथ काम बताउनुभयो ।

सांसद बरालले सबै राजनीतिक दलहरु मिलेर काम गर्ने हो भने समस्या समाधान हुने र कुटनीतिक माध्यमलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको बताउनुभयो ।