१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


इजरायलमा रहेका नेपालीको तत्काल उद्धार गरी नेपाल ल्याउन सरकारलाई कांग्रेसको आग्रह


169
Shares

काठमाडौं । नेपाली कांग्रेसले इजरायलमा रहेका नेपालीहरुलाई तत्काल उद्धार गरी सुरक्षित रुपमा स्वदेश फिर्ता गर्न सरकारलाई आग्रह गरेको छ ।

मंगलबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बसेको कांग्रेस संसदीय दलको बैठकले इजरायलमा रहेका नेपालीहरुलाई सुरक्षित रुपमा स्वदेश फर्काउन सरकारलाई आग्रह गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक रमेश लेखकले नेपाल आउन चाहाने नागरिकहरुलाई तत्काल उद्धार गरेर सुरक्षित स्वदेश फिर्ताको लागि आवश्यक व्यवस्था मिलाउन सरकारलाई आग्रह गरिएको बताउनुभयो ।

त्यस्तै, गरी युद्धमा परि बेपत्ता भएका नेपाली नागरिकहरुलाई खोजि गरेर उहाँको स्थितिलाई सार्वजनिक गर्न पनि आग्रह गरिएको छ । बैठकले इजरायलमा जोखिममा परेका मानिसहरुलाई उद्दार गरेर सुरक्षित स्थानमा राख्न, खान, बस्नको उचित व्यवस्था गर्न र हत्या भएका विद्यार्थीहरुको पार्थिव शरीरलाई तत्काल नेपाल ल्याएर परिवारजनलाई बुझाउन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

बैठकले हत्या भएका नागरिकहरुलाई श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेको छ ।