
काठमाडौं । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले चैत मसान्तसम्म संगठनात्मक रुपमा एमाले तन्दुरुस्त बन्ने बताउनुभएको छ ।
मंगलबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले एमाले अहिले प्रदेश, स्थानीय तह, वडा र टोल अधिवेशनमा लागिरहेको र चैत्र मसान्तसम्म सबै सकेर तन्दुरुस्त बन्ने बताउनुभएको हो । उहाँले मधेस प्रदेशको विकासका लागि एमालेको सरकार आवश्यक रहेको पनि बताउनुभयो ।
उहाँले नेकपा एमालेको मधेस प्रदेशको प्रथम अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भएको पनि जानकारी दिनुभयो । एमालेले आफ्नो प्रथम मधेस अधिवेशन ‘सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेसको स्वाभिमान र समृद्धिको लागि एमाले सरकार’ मुल नाराका साथ असोज २४ र २५ गते जनकपुरधाममा गर्न लागेको हो ।
जनकपुरधामस्थित महेन्द्र नारायण निधी मिथिला सांस्कृति केन्द्रमा हुने अधिवेशनमा १ हजार २७ प्रतिनिधीहरुको सहभागिता रहने एमाले सचिव एवं मधेस प्रदेश ईन्चार्ज भट्टराइले बताउनुभयो । उनले यो अधिवेशनबाट समावेशी प्रतिनिधित्व हुनेगरी प्रादेशिक समिति छनोट गरिने बताउनुभयो ।
उहाँले मधेस प्रदेशको आवश्यक कुरा सुशासन भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्