
ओखलढुंगा । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय ओखलढुंगाले दशैँलक्षित सहुलियत छुट मूल्य पसल सञ्चालनमा ल्याएको छ ।
कार्यालयले पसलबाट स्टिम जिरा मसिनो चामल उपभोक्तालाई उपलब्ध गराउन थालेको हो ।
साविकमा कार्यालयले ८७ रुपैयाँ प्रतिकेजीका दरले बेच्दै आएको चामल अहिले ७ रूपैयाँ छुट दिएर ८० रुपैयाँमा बेचिरहेको कार्यालयका प्रमुख नरेन्द्र शर्माले जानकारी दिनुभयो । कार्यालयले सहुलियत दरमा चामल बिक्री गर्न थालेपछि बाहिरी बजारको तुलनामा प्रतिबोरा ४ सय रुपैयाँ सस्तोमा चामल उपभोक्ताले पाएका छन् ।
कार्यालयले २५ केजीको बोरामा प्याक गरिएको चामल २ हजार रुपैयाँमा बिक्री गरिरहेको छ । सोही चामल बजारमा किन्दा २ हजार ४ सय रूपैयाँ पर्ने कार्यालयको भनाइ छ । आइतबारदेखि सञ्चालन गरिएको सहुलित छुट आउँदो मंसिर ३ गतेसम्म जारी रहनेछ ।
प्रतिक्रिया दिनुहोस्