१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


कानुन समितिकी सभापति सुवेदीले संसदीय समितिको गरिमा कायम राख्न सक्नुभएन : महेश बर्तौला


546
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचेतक महेशकुमार बर्तौलाले कानुन, न्याय तथा मानव अधिकार समितिकी सभापति विमला सुवेदीको आलोचना गर्नुभएको छ ।

सरकारसँग संयोजनकारी भुमिका खेल्न नसकेको भन्दै सचेतक बर्तौलाले सो समितिकी सभापति सुवेदीमाथि प्रश्न उठाउनुभएको हो ।

मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै उहाँले आफूले भक्तपुरको बाल गृह, अपराधिलाई आम माफी दिने सरकारको निर्णय र जिल्ला न्यायाधीश नियुक्ती प्रकरणबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठलार्ई समितिमा बोलाएर जानकारी लिन गरिएको आग्रहलाई किन आत्मासाथ नगरेको भनि सभापति सुवेदीलाई प्रश्न गर्नुभयो ।

सचेतक बर्तौलाले ती तीन वटै गम्भिर विषयमा समितिमा आएर जवाफ दिने कुरामा गृहमन्त्री श्रेष्ठले अटेर गरेको हो कि, तपाईले संयोजनकारी भुमिका खेल्न नसक्नु भएको भनि प्रश्न गर्नुभयो । उहाँले सरकारको समग्र कामलाई अनुगमन गर्ने संसदीय समितिको क्षेत्राधिकार भएकाले सो विषयमा गम्भिर भएर काम गर्न पनि सभापति सुवेदीको ध्यानाकर्षण गराउनुभयो ।

बैठकमा बर्तौलाले सरकारले संसद र संसदीय समितिलाई अटेर गर्न नमिल्ने दोहोर्‍याउनुभयो ।