
बर्दिया । सडक वत्ती प्रयोग गरेवापत बर्दियाका सात स्थानीय तहले झण्डै ६ करोड रुपैयाँ विद्युत महशुल बुझाउन बाँकी रहेको छ ।
जिल्लाका आठवटा पालिकामध्ये गेरुवा गाउँपालिका बाहेकका अन्य सातवटा पालिकाले ५ करोड ८४ लाख सडक बत्तीको महशुल बुझाएका छैनन् ।
सबैभन्दा बढी गुलरिया नगरपालिकाले ३ करोड २६ लाख रुपैया महसुल बुझाउन बाँकी रहेको छ । नेपाल विद्युत प्राधिकरणले स्थानीय तहले असार मसान्तसम्म बुझाउनु पर्ने बाँकी रकम४५ दिनभित्र बुझाउन सूचना जारी गरेको छ ।
समयभित्र विद्युत महसुल नबुझाएमा विद्युत प्राधिकरणको नियम अनुसार कारबाही हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्