६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


सर्लाहीमा खसी बोकाको व्यापार बढ्यो


1.898k
Shares

सर्लाही । दशैँ नजिकिएसँगै सर्लाहीमा खसी बोकाको व्यापार सुरु भएको छ ।

किसानले गाउँबाट खसी बोका बिक्रीका लागि बजार ल्याउन थालेका छन् । वर्षभरी पालेको खसी बोका बेचेरै किसानले दशैँ, तिहारजस्ता मुख्य चाडपर्वको खर्च टार्दै आइरहेका छन् ।

लालबन्दी नगरपालिका–१३, नारायण डाँडाका बलबहादुर थिङले खसीबोका बेचेरै बर्सेनी दशैंँको खर्च टार्दै आइरहेको बताउनुभयो । जिल्लाको लालबन्दी, हरिवन, बयलवास, बरहथवालगायतका बजारमा हाटबजार लागेको दिन खसीबोकाको व्यापार बढेको हो । खसीबोका किन्न व्यापारी आफै पनि किसानको घर–घरमै पुग्ने गरेका छन् ।

सर्लाहीमा उत्तरी चुरेभेगमा व्यावसायिक रुपमा बाख्रापालन हुने गरेको छ । वर्षभरी पालेको खसी बोका बेचेर किसानले दशैँको समयमा ५० हजार रुपियाँदेखि १ लाख रुपियाँभन्दा बढी आम्दानी गर्ने गर्दछन् ।

खसी व्यापारी चुल्हाइ रायले गाउँका किसानबाट खरिद गरेर ल्याएको खसी बोका बजारमा ल्याइ बिक्री गर्न थालिसकिएको र दशैँको महाअष्टमीको दिनसम्म नै खसीबोकाको राम्रो व्यापार हुने बताउनुभयो । जिल्लाबाट काठमाडौंलगायत देशका प्रमुख शहरमा समेत यो दशैँमा खसी, बोका लैजाने गरिएको छ ।