
काठमाडौं । नेकपा (एमाले) मधेस प्रदेशको अधिवेशन बुधबारदेखि जनकपुरमा सुरु हुँदैछ ।
नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले मधेस प्रदेशको विकासका लागि एमालेको सरकार आवश्यक रहेको बताउनु भएको छ ।
एमालेले आफ्नो प्रथम मधेस अधिवेशन सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेसको स्वाभिमान र समृद्धिको लागि एमाले सरकार भन्ने मुलनाराका साथ गर्दैछ ।
पार्टीका हरेक सदस्यलाई विधानसम्मत नेतृत्वमा आउने, प्रतिष्पर्धा गर्ने छुट रहेको भएपनि सकेसम्म सर्वसम्मत गर्ने प्रयास गर्ने सचिव भट्टराईको भनाई छ ।
अधिवेशनमा १ हजार २७ प्रतिनिधीहरुको सहभागिता रहने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्