२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


काठमाडौंको बागमती नदी किनारमा युवकको शव फेला


9.581k
Shares

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित बागमती नदी किनारमा एक युवकको शव फेला परेको छ ।

घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालेको छ । मृत फेला पर्नेमा काठमाडौंको बुद्धनगर बस्ने २० वर्षीय विमल महरा रहेको प्रहरीले जनाएको छ।

घटनास्थलमा रगत र सिरिन्ज भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।