१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भेप सुन तस्करीको प्रतिवेदन पुनः सरकारी वकिलको कार्यालयमा


689
Shares

काठमाडौं । विद्युतीय चुरोट (भेप) भित्र लुकाएर ल्याइएको सुन तस्करी प्रकरणमा थप अनुसन्धान गर्न भन्दै जिल्ला सरकारी वकिलको कार्यालयले फिर्ता पठाएको अनुसन्धान प्रतिवेदन सीआईबीले थप बयान गरी सरकारी वकिलको कार्यालयलाई फर्काएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सरकारी वकिलको कार्यालयले दिएको निर्देशन अनुसार थप केहीको बयान गराएर फर्काएको जनाएको हो ।

सीआईबीले यस प्रकरणमा मुछिएका पूर्व सभामुख कृष्णबहादुर महरालाई अभियुक्त नबनाई महराका छोरा राहुलसहित ४ जनालाई भने प्रतिवादी बनाउनुपर्ने राय दिएको थियो ।

उक्त अनुसन्धान प्रतिवेदन अध्ययन गर्दा अपुरो देखिएकाले थप केही बुँदामा स्पष्ट पार्नू भन्दै सीआईबीलाई उक्त प्रतिवेदन फिर्ता पठाइएको थियो ।