१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


एमाले सुदूरपश्चिम अधिवेशन : निर्वाचन हुने


650
Shares

काठमाडौं । नेकपा (एमाले) सुदुरपश्चिमको नयाँ नेतृत्वको लागि निर्वाचन हुने देखिएको छ ।

अध्यक्षका आंकाक्षी वचनबहादुर सिंह र भरत साउँदले उम्मेदवारी फिर्ता नलिएपछि निर्वाचन हुने देखिएको हो ।

निर्वाचन समितिले उम्मेदवारी फिर्ताको लागि दिएको १२ बजेको समय घर्कि सकेको छ । अध्यक्षका ३ जना आंकाक्षी मध्य कमल तिमिल्सिनाले भने उम्मेदवारी फिर्ता लिनु भएको छ ।

यसैगरी उपाध्यक्षमा उम्मेदवारी दिएका बलदेव रेग्मी र रणबहादुर महराले पनि उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिले जनाएको छ । नयाँ नेतृत्व सहमतिबाट चयन गर्न नेताहरुको प्रयास जारी राखेको भए पनि अहिले सम्म सहमति जुट्न सकेको छैन ।

सहमति नभएपछि बुधबार १ बजेदेखि देखि साँझ ७ बजेसम्म मतदान गर्ने कार्यसूची तय गरिएको छ ।