२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


चितवन निकुञ्जमा पोथी गैंडा मृत फेला


312
Shares

चितवन । विश्व संम्पदा सुचिकृत कसरा स्थित चितवन राष्ट्रिय निकुञ्जमा पोथी गैंडा मृत फेला परेको छ ।

निकुञ्जको पश्चिम क्षेत्रको खोरियामुहान पोष्ट नजिकै भेल्लर घाँरी क्षेत्रमा करिव २५ वर्षको गैंडा मृत अवस्थामा फेला परेको सूचना अधिकृत गणेश प्रसाद तिवारीले जानकारी दिनुभयो ।

असोज २१ गते साँझ निकुञ्ज र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको खड्ग दलको संयुक्त गस्तीको क्रममा मरेको गैंडा फेला परेको जनाएको छ । खाग र खुर सुरक्षित रहेको पोथी गंैडा भाले गैंडासंग एक आपसमा जुधेर पाकृतीक मृत्यु भएको निकुञ्जले जनाएको छ ।

आक्रमणले मरेको हुन सक्ने अनुमान गरिएको छ । निकुञ्ज र मध्यवर्ति क्षेत्रमा चालु बर्ष बिभिन्न कारणले ५ वटा एक सिंगे गैडा मरेको निकुञ्जले जनाएको छ ।