१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


भ्रष्टाचार रोक्न व्यक्तिको मानसिकता बदल्नुपर्छ : मन्त्री शर्मा


117
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भ्रष्टाचार रोक्न व्यक्तिको मानसिकता बदल्नु जरुरी रहेको बताउनुभएको छ ।

बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री शर्माले भ्रष्टाचार रोक्नका लागि व्यक्तिको मानसिकता बदल्नु आवश्यक रहेको बताउनुभएको हो ।

उहाँले सार्वजनिक लाभको पदमा बसेका व्यक्तिहरुको मानसिकताका कारण भ्रष्टाचार भइरहेको बताउनुभयो । उहाँले भ्रष्ट मानसिकतालाई बदल्ने कुरा नै अहिलेको प्रमुख चुनौति रहेको बताउनुभयो । उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार रोक्ने नभइ कारबाहीको दायरामा ल्याउने कुरामा सबै स्पष्ट हुनुपर्ने बताउनुभयो ।

उहाँले मन्त्रिपरिषद्ले गर्ने सबै निर्णयहरुलाई नीतिगत निर्णयको रुपमा हेर्नु गलत भएको भन्दै यसलाई सच्याउनुपर्ने बताउनुभयो । मन्त्रिपरिषद्ले गरेका निर्णयहरु नीतिगत हुन् वा अन्य निर्णय हुन् भन्नेमा भेद छुट्याउनुपर्ने बताउनुभयो । मन्त्रिपरिषद्ले गर्ने नीतिगत निर्णयलाई ठोस र मूर्त गर्नु जरुरी रहेको उहाँले बताउनुभयो ।