१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अुनसन्धान कमजोर भयो : उपाध्यक्ष पाण्डे


39
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट हुने अुनसन्धान कमजोर भएको बताउनुभएको छ ।

बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उपाध्यक्ष पाण्डेले यस्तो बताउनुभएको हो ।

उहाँले कतिपय ऐन बनाउने सवालमा आयोगलाई दिइएको अधिकारको दुरुपयोग भएको बताउनुभयो । उहाँले स्थानीय तहमा सहभगी भएका राजनीतिक दलहरुले आफ्नो दलका कार्यकर्तालाई ठिक ठाउँमा राख्ने कर्तव्य निभाउन आवश्यक रहेको बताउनुभयो ।

उहाँले फाइललाई वर्षौंसम्म थन्क्याएर काममा बाधा हाल्ने काम अख्तियार प्रमुखबाट भइरहेको छ की छैन ? भन्दै प्रश्नसमेत गर्नुभयो । उहाँले आयोगले कमजोरी गरेको बखतमा बाहेक न्याय दिन्छ भन्ने विश्वास दिलाउन सक्नुपर्ने बताउनुभयो ।

सांसद पाण्डेले अख्तियारमा क्षमता वृद्धि हुन जरुरी रहेको बताउनुभयो ।