२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


मन्त्रिपरिषद्का निर्णय पनि अख्तियारले हेर्न पाउनुपर्छ : रवि लामिछाने


845
Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले मन्तिपरिषद्का निर्णय पनि अख्तियारले हेर्नु पाउनुपर्ने बताउनुभएको छ ।

बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले भ्रष्टाचार नीतिगत र अनीतिगत भन्ने नहुने बताउनुभयो । उहाँले भ्रष्टाचार भ्रष्टाचार नै हुने भन्दै यसमा कुनै लेप लाग्नु नहुने बताउनुभयो । उहाँले कुनैपनि गलत कुरालाई अख्तियारले हेर्नसक्ने बताउनुभयो ।

सभापति लामिछानेले वाइडबडी खरिद प्रकरण, नेपाल ट्रष्ट, ओम्नी, यति लगायतका प्रकरणहरुको अनुसन्धान कहाँ पुग्यो भन्दै प्रश्न गर्नुभयो ।