
काठमाडौं । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले नेपाली संस्कृतिमा गीत र संगीतको धेरै महत्व रहेको बताउनुभएको छ ।
बुधबार काठमाडौंमा आयोजित बि.स्टार फिल्म म्युजिक अवार्ड कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले कलाकारहरुको सम्मान सरकारले गरिरहेको पनि बताउनुभयो । उहाँले कलाकारहरुले समाजमा पुर्याएको गोगदान र फैलाएको जनचेतना उल्लेख्य रहेको बताउनुभयो ।
सो अवसरमा मन्त्री श्रेष्ठले कलाकारहरुलाई बि.स्टार फिल्म म्युजिक अवार्ड प्रदानसमेत गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्