
काठमाडौं । विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरिएको प्रकरणमा काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
सो प्रकरणमा पक्राउ परेकामध्ये दावा छिरिङलाई साढे १० वर्ष, राहुल महरासहित ३ जनालाई प्रतिव्यक्ति साढे ७ वर्ष कैद सजाय माग गरिएको हो । भेपमार्फत भएको ९ किलो सुन तस्करीको पुरक अभियोजनमा सरकारी वकिल कार्यालय काठमाडौंले ४ जनालाई प्रतिवादी बनाई मुद्दा दर्ता गरेको हो ।
नेपालको समेत नागरिकता भएको भनिएका चिनियाँ मुलका बेल्जियन नागरिक दावा छिरिङलाई मुख्य अभियुक्त बनाइएको छ । उनी ब्रेक सु मार्फत गरिएको ६१ किलो सुन तस्करी प्रकरणका पनि मुख्य अभियुक्त हुन् । भेपमार्फत् भएको सुन तस्करी प्रकरणमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा पनि संलग्न रहेको प्रमाणहरु सार्वजनिक हुँदा हुदै पनि उनलाई उन्मुक्ति दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्