१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


नेपालकालागि सहुलियत कर्जाको अंश बढाउन अर्थमन्त्री महतद्वारा विश्व बैंकसमक्ष आग्रह


117
Shares

काठमाडौं । नेपाललाई दिने ऋण सहायतालाई सहुलियतपूर्ण बनाउन अर्थमन्त्री डा. प्रकाशरण महतले विश्व बैंक र अन्तर्राष्ट्रि मुद्राकोष समक्ष आग्रह गर्नुभएको छ ।

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोषको संयुक्त वार्षिक बैठकमा नेपालका अर्थमन्त्री तथा विश्व बैंक समूहका गभर्नर डा. महतले जलवायू परिवर्तनको गैरअनुपातिक असर परेको नेपाल जस्ता साना अर्थतन्त्र भएका मुलुकका लागि प्रवाह गरिने ऋण सहायता अझ बढी सहुलियतपूर्ण बनाउनु पर्ने र त्यस्ता मुलुकमा क्षमता विकासका कार्यक्रममा लगानी गर्नुपर्नेमा जोड दिनुभएको हो ।

खासगरी विश्व बैंकले तयार गरेको प्लेबुकमा सहुलियत दर बढाँउदै जाने कुराको प्रतिवद्धता ठोस रुपमा प्रतिविम्वित हुनुपर्नेमा पनि उहाँले ध्यानाकर्षण गराउनुभयो ।

यस्तै, अन्तर्राष्ट्रिय मुद्राकोषको प्रस्तुतिमा प्रतिकृया दिदै महतले कोषको वित्तीय सुविधाहरु परम्परागत कोटाको आधारमा वितरण गर्ने विद्यमान अभ्यासका कारण कम प्रतिनिधित्व भएका मलुकको आवश्यकता प्रतिविम्वित हुन नसकेकोले जारी कोटा पुनरावोलकन प्रकृयामा पुनर्विचार हुनुपर्ने विचार समेत सशक्त रुपमा प्रस्तुत गर्नुभयो ।

कोषका कार्यकारी निर्देशकले सहुलियतपूर्ण ऋणको अंश बढाउने तर्फ काम सुरु भैसकेको र यसलाई यथाशीघ्र सम्पन्न गरिने बताउनुभएको जनाइएको छ ।

यस्तै, अर्थमन्त्री डा. शरण महतले नेपालमा लगानी गरेका विदेशी कम्पनीहरुले नाफा कमाईरहेको भन्दै कोरियन कम्पनीहरुलाई पनि लगानी गर्न कोरियाका उपप्रधानमन्त्री तथा अर्थमन्त्री चु क्यूङसँग आग्रह गर्नुभयो ।