
काठमाडौं । नेपालमा सडकको दुरावस्थाका कारण वर्षेनी सवारी दुर्घटनामा परी घाइते हुने र मृत्यु हुनेको सख्या बढ्दो छ । त्यसमाथि वर्षायाम सकिएलगत्तै पर्ने दशैंको बेलामा हुने भीडभाड, ओभरलोड र लापरबाहीले दुर्घटनाको जोखिम झन बढाउने गर्दछ ।
यस पटक त सरकारले दशैं अघि सडकहरुको मर्मत समेत गर्न नसकिने बताएको छ । लामो दूरीका चालकहरुले सडकको अवस्था ज्यादै बिग्रिएको भन्दै गाडी चलाउन र चाडवाडको बेला हतार हतारमा सवारी चलाउन निकै जोखिम रहेको गुनासो गर्ने गरेका छन् ।
सवारी साधनपिच्छे सडक दस्तुर असुल्ने सरकारले सडक मर्मतको सामान्य दायित्व समेत पूरा नगर्दा दशैंमा यात्रा गर्ने लाखौं यात्रुले सास्ती भोग्नुपरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्