७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


नेपाल र लाओसबीचको खेले बराबरीमा सकियो


2.392k
Shares

काठमाडौं । विश्वकप फुटबल छनौटको प्रारिम्भक चरणको खेलमा नेपाल र लाओसबीचको खेल बराबरीमा टुंगिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टीमले एक एक गोल गरेका हुन् । खेलको पहिलो हाफमा लाओसले गोल गरी अग्रता लिएकोमा दोस्रो हाफमा नेपालले गोल फर्काउँदै खेललाई बराबरी गरेको थियो ।

नेपालका लागि फरवार्ड अन्जन विष्टले गोल गरेका हुन । आजको गोलसंगै विष्टले अन्तर्राष्ट्रिय फुटबलमा १३ गोलको कीर्तिमान कायम गरेका छन् । विष्टले हरि खड्का र निराजन रायमाझी बराबरको रेकर्ड कायम गरेका हुन् । लाओसका लागि भने कप्तान बोनफाचन बौकोङ्गले गोल गरेका थिए ।

खेलको निर्धारित अवधिमा दुवै टीमले थप गोल गर्न नसकेपछि खेल बराबरीमा टुंगिएको हो । छनौट चरणको दोस्रो खेल आगामि मंगलवार लाओसमा हुने छ ।