
एजेन्सी । इजरायल र हमासबीचको युद्ध छैठौं दिनमा प्रवेश गर्दा इजरायलले हमास विरुद्धको कारबाही जारी राखेको छ ।
इजरायले गाजापट्टीमा इजरायली बमबर्षक बिमानबाट गोलाबारी जारी राखेको छ । गत शनिबार कब्जामा लिएका १ सय ५० जना नागरिकहरुको रिहा नगरेसम्म गाजापट्टीमा आक्रमण तीब्र पार्ने घोषणा इजरायलले गरेको छ ।
उता हमासले भने सर्वसाधारणलाई सुचना नदिइ आक्रमण गरेको खण्डमा आफनो कब्जामा रहेकाहरुको हत्या गर्ने चेतावनी दिंदै आएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यो युद्धमा प्यालेस्टाइन बिद्रोही समुह हमासको नामो निशान मेट्ने दाबी समेत गर्नुभयो ।
इजरायल र हमासबीचको युद्धमा हालसम्म करिब २५ सयको मृत्यु भइसकेको छ । इजरायलतर्फ १३ सयको ज्यान जाँदा हमासतर्फ जवाफी आक्रमणमा गाजामा १५ सयको मृत्यु भइसकेको छ । दुबैतर्फ गरी आक्रमणमा घाइते हुनेको संख्या ४ हजार बढी पुगिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्