
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभाबाट पारित अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धि संकल्प प्रस्तावका विषयहरु कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिनुभएको छ ।
शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्री पुष्पकमल दाहालले सो संकल्प प्रस्तावमा जनाउनु भएको प्रतिवद्धतासमेतको आधारमा सम्बन्धित मन्त्रालय, निकाय र सरोकारवालाहरुले एकीकृत कार्य योजना बनाई कार्यान्वयन गर्न निर्देशन दिनुभएको हो ।
त्यसैगरी सभाले हरेक आर्थिक वर्ष समाप्त भएको ३ महिना भित्र सो सम्बन्धि वार्षिक कार्य प्रगति प्रतिवेदनमा सभामा पेस गर्न सरकारलाई निर्देश गरेको छ । अध्यक्ष तिमिल्सिनाले सो संकल्प प्रस्तावमा उल्लेख गरिएका विषयहरुको कार्यान्वयनको सम्बन्धमा निरन्तर अनुगमन गर्न पनि सभा अन्तर्गतका विषयगत समितिहरुलाई सचेत गराउनुभयो ।
बैठकमा सांसदहरुले विगतमा सभाबाट पारित गरिएका संकल्प प्रस्तावहरु कार्यान्वयन नगरेको भन्दै सरकारको आलोचना गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्