
काठमाडौं । नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले सरकारको गति र मति यस्तै रहेमा देश ठूलो संकटमा फस्ने बताउनुभएको छ ।
शुक्रवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद गौतमले वर्तमान गठबन्धन सरकारले स्थिरता, समृद्धि दिएर आम नागरिकको निराशालाई चिरोस् भन्ने अपेक्षा गरेपनि त्यसो हुन नसकेको बताउनु भयो । उहाँले देशमा भ्रष्टाचार र अराजकता व्याप्त भएको बताउनु भयो । उहाँले जनतामा निराशा पैदा भएको बताउनु भयो ।
देशको विकास निर्माणको काम पनि ठप्प भएको बताउनु भयो । सांसद गौतमले सरकारको गति र मति यस्तै रहेमा देशमा लोकतन्त्र नरहने र संविधानमा संकट आउने बताउनु भयो ।
उहाँले देशमा विधिको शासन स्थापित गर्न नसकेर न्याय हराउँदै गइरहेको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्