७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


बाँझो खेतलाई उत्पादनमा लैजान सरकारले नीति बनाउनुपर्छ : नेता सिंह


78
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाल नाम मात्रैको कृषिप्रधान देश भएको बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले यस्तो बताउनुभएको हो । उहाँले खाद्यान्नदेखि लिएर अनेकौँ दैनिक उपभोग्य वस्तु आयात गर्नु परिरहेको बताउनुभयो ।

नेता सिंहले बाँझो खेतलाई उत्पादनमा लैजान सरकारले नीति बनाउनुपर्नेभयो । उहाँले लाखौँलाख युवाहरु विदेश पलायन भइरहेको भन्दै यसलाई रोक्न कांग्रेस अग्रसर हुनुपर्ने बताउनुभयो ।

नेता सिंहले दशैंमा बजार अनियन्त्रित भइरहेको भन्दै नियन्त्रण गर्न कांग्रेसले सरकारलाई घच्घच्याउनुपर्ने बताउनुभयो ।