२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


कांग्रेस एकजुट भए कसैले पनि परास्त गर्न सक्दैन : नेता कोईराला


1.794k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोईरालाले कांग्रेस एकजुट भए कसैले पनि परास्त गर्न नसक्ने बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोईरालाले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिक उपलब्धि धेरै भइसकेको बताउनुभयो । उहाँले जनताको मनमा छुनसके कसैले पनि पराजित गर्न नसक्ने बताउनुभयो ।

नेता कोईरालाले देशको अर्थनीति डामाडोल रहेको बताउनुभयो । उहाँले नेपाली कांग्रेसलाई एकजुट पार्न आवश्यक रहेको बताउनुभयो । नेता कोईरालाले एकजुट योजना तर्जुमा गर्दा दीर्घकालीन योजना बनाउनुपर्ने बताउनुभयो ।