२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सरकारले प्रभावकारी ढंगले काम गर्न सकेको छैन : सिटौला


169
Shares

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारले प्रभावकारी ढंगले काम गर्न नसकेको बताउनुभएको छ ।

सरकार, संसद, न्यायालय, संवैधानिक निकाय, प्रहरी प्रशासनलगायतका राज्य व्यवस्थाको समग्र मूल्यांकन गर्ने हो भने संविधानले परिकल्पना गरे अनुसार प्रभावकारी र निष्पक्ष ढंगले काम गर्न नसकेको नेता सिटौलाको भनाई थियो ।

शुक्रबार काठमाडौंमा आयोजित ‘राजनीतिक उपलब्धि र आजको चुनौति विषयक विचार गोष्ठी’ मा बोल्दै उहाँले राज्यका सबै निकायलाई ठिक ढंगले अघि बढाउनका लागि नेपाली कांग्रेसले नेतृत्वदायी भुमिका निर्वाह गर्नुपर्ने पनि बताउनुभयो ।

नेता सिटौलाले कांग्रेसको आगामी मंसीरमा हुने नीति महाधिवेशनले मुलुकलाई अघि बढाउनका लागि ठोस योजना तय गर्ने दाबी समेत गर्नुभयो । उहाँले मुलुकमा एकपछि अर्को संकट बढदै गईरहेको उल्लेख गर्दै त्यसबाट मुक्त हुनका लागि सबै राष्ट्रसँग सन्तुलित सम्बन्ध राखेर अघि बढनुपर्ने बताउनुभयो ।

नेता सिटौलाले अमेरिका, युक्रेन, रुस, इजरायललगायतका घटनाक्रमले नेपालमा एकपछि अर्को संकट देखिएकाले त्यसबाट राष्ट्र र जनतालाई मुक्त गराउन सरकार, संसद, संवैधानिकले अत्यन्तै सचेत भएर काम गर्नुपर्ने आवश्यक्ता पनि औंल्याउनुभयो ।

नेता सिटौलाले मुलुकको अर्थतन्त्र सुधारका लागि पनि सरकारले विशेष कदम चाल्नुपर्ने बताउनुभयो ।