
काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका सांसद केदार कार्कीलाई समर्थन गरेका प्रदेश सांसदहरु प्रदेश प्रमुखको कार्यालय पुगेका छन् ।
सत्ता गठबन्धनमा माओवादी प्रदेश संसदीय दलका नेता इन्द्र आङबोलाई मुख्यमन्त्री बनाउने सहमति भएपनि नेपाली कांग्रेसका कोशी प्रदेश सांसद कार्कीले पनि एमालेका ३९ जना र कांग्रेसका ८ जना सहित ४७ जनाको समर्थन लिएर मुख्यमन्त्रीमा दाबी पेश गरेपछि गठबन्धन अन्योलमा परेको छ । कार्की कांग्रेस नेता डा. शेखर कोइराला पक्षका नेता हुनुहुन्छ ।
संविधानको धारा १६८ (५) अनुसार सरकार गठनका लागि दाबी पेश गर्न प्रदेश प्रमुखले दिएको समय सीमा आजै ५ बजे सकिएको छ । कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका एमाले र कांग्रेसका सांसद प्रदेश प्रमुख परशुराम खापुङ समक्ष पुगेका हुन् । कार्की र आङबो दुबैको मुख्यमन्त्रीमा दाबी गरेपछि प्रदेश प्रमुख खापुङबाट के निर्णय हुन्छ भन्ने सबैले पर्खेर बसेका छन् ।
प्रतिक्रिया दिनुहोस्