
बारा । बाराका किसानहरु दुधको मूल्य घट्दै गएपछि चिन्तित भएका छन् ।
आर्थिक मन्दीका कारण सर्वसाधारणले दुध तथा दुग्धजन्य उत्पादनको प्रयोग र खरीदमा कमी गर्न थालेपछि दुधको बजार साँघुरिदा पशुपालक किसानहरु चिन्तित बन्न थालेका हुन् ।
जिल्ला दुध उत्पादन सहकारी संघका अध्यक्ष पुरोषत्तम भटटराईले जिल्लामा ८० देखि ८५ हजार लिटर दुध उत्पादन हुने गरेको र उक्त दूधको खपत जिल्लामा २० प्रतिशत मात्रै हुने बताउनुभयो ।
सहकारीमा आवद्ध नभएका र निजी उद्योगले समेत दुध लिन छाडेपछि व्यावसायीक पशुपालन गर्ने सयौ किसानको दुध घरमै बिग्रिएर खेर जाने थालेको गुनासो पनि उनीहरुले गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्