
काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता डा. शेखर कोईरालासँग छलफल गरेर मात्रै कोशी प्रदेश सरकारबारे निर्णय लिने भएको छ ।
शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता मिन विश्वकर्माले प्रधानमन्त्री पुष्पकमल दाहालले कोशी प्रदेश कांग्रेसकै भागमा परेको र सहमति गरेर आए आफू पछि हट्ने बताएअनुसार नेता कोईरालासँग छलफल गरेर निर्णय लिने बताउनुभयो ।
बैठकमा सभापति देउवाले नेता कोईरालासँग सहमति जुट्ने नेताको नाम मागेको पनि बताउनुभयो । उहाँले गठबन्धन अघि बढ्ने र गठबन्धनमा पर्नसक्ने सम्भावित अफ्ठ्यारोहरुलाई कसरी सजिलो बनाउने ? भन्नेबारेमा बैठकमा छलफल भएको बताउनुभयो । उहाँले गठबन्धन भित्रैबाट सरकार बनाउनका लागि पहल गर्ने निर्णय भएको बताउनु भयो । २०५१ को अवस्था नै अहिले दाहोरिएको बताउनुभयो ।
नेता विश्वकर्माले कोशी प्रदेशमा कांग्रेसका नेताहरुले गरेको बिद्रोहलाई सामान्य रुपमा लिन नहुने बताउनुभयो । बैठक शनिवार पुनः बस्ने छ ।
प्रतिक्रिया दिनुहोस्