१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


एमालेभित्र सुदृढ अनुशासन चाहिएको छ, अराजकता अस्वीकार्य : अध्यक्ष ओली


442
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी भित्रको अराजकतालाई स्वीकार गर्न नसकिने बताउनुभएको छ ।

अध्यक्ष ओलीले पार्टी भित्रको अराजकतालाई एक इन्च पनि स्वीकार नगर्न पनि पार्टीका प्रशिक्षकहरुलाई निर्देशन दिनुभयो ।

शुक्रबार पार्टीको स्कुल विभागले केन्द्रिय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले जनवाद मात्रै बुझ्ने, केन्द्रियतालाई नबुझ्ने, पार्टीको नीति, विधि, संगठन संरचनाभित्र नबधिएको मानिस पार्टीमा हुनै नसक्ने बताउनुभयो ।

अध्यक्ष ओलीले पार्टी भित्र सुदृढ अनुशासन चाहिएको बताउनुभयो । उहाँले नीति र विधिको पार्टी हुनै नसक्ने बताउनुभयो ।