२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


मध्यावधि रोक्न आफू मुख्यमन्त्री बनेको केदार कार्कीले भनाई


3.991k
Shares

बिराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले मध्यावधि निर्वाचनमा जानबाट रोक्न आफू मुख्यमन्त्री बनेको प्रतिक्रिया दिनु भएको छ ।

गठबन्धनले पटकपटक प्रयास गर्दा पनि सरकार स्थिर बन्न नसकेको र मध्यावधिको सम्भावना देखिएकोले रोक्न सांसदहरूले आफूलाई समर्थन गरेको उहाँको भनाई थियो ।

कुनै पार्टी समर्थनमा नभई संविधानको धार १६८ (५) को व्यवस्था अनुसार सांसदहरूको समर्थनमा आफू मुख्यमन्त्री भएको उहाँले प्रष्ट पार्नुभयो । उहाँले संविधानवादमा विश्वास गर्ने सबै पार्टीले सकारात्मक रुपमा लिने विश्वास पनि व्यक्त गर्नुभयो ।

उहाँले सांसदहरूको एकरुपताले मध्यावधिको बाटो राखेको पनि बताउनुभयो ।