१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


यो साता नेपाली बजारमा बढ्यो सुनचाँदीको मूल्य


3.536k
Shares

काठमाडौं । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा २८ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको तुलनामा यो साता मूल्य बृद्धि भएको जनाएको छ । गत साता तोलामा १ लाख ७ हजार ३ सय रुपैयाँ ले कारोबार भएको छापावाल सुन यो साताको अन्तिममा तोलामा १ लाख १० हजार १ सय पुगेको हो ।

त्यस्तै, गत साताको तोलाको १ लाख ६ हजार ८ सय रुपैयाँ कारोबार भएको तेजाबी सुन यो साता १ लाख ९ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ । सुनको मूल्य बढेको साता चाँदीको मूल्यमा समेत तोलामा ३५ रुपैयाँले वृद्धि भएको छ ।

महासंघले गत साताको चाँदीको मूल्य प्रतितोला १३ सय १० रुपैयाँ कायम भएको भन्दै यो साता मूल्य तोलामा १३ सय ४५ रुपैयाँ कायम भएको जनाएको छ ।