
इलाम । मजदुरी गर्न भारत सिक्किम गएका इलामका ५ जना परिवारको सम्पर्कमा आएका छन् ।
इलाम नगरपालिका–९ का लाक्पा शेर्पा, नरमाया बस्नेत, कुमार बस्नेत, खुसी बस्नेत सम्पर्कमा आएका छन् । यस्तै, सोही ठाउँका सेनबहादुर कार्की पनि सम्पर्कमा आएका छन् ।
५ जना सम्पर्कमा आएको इलामका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालाले जानकारी दिनुभयो । ११ दिन देखि बेपत्ता सबै जना घर पुगेको उहाँले बताउनुभयो । उनीहरू सिक्किमको लाचेम, थम्बु तथा गोलाखर्कमा निर्माण कार्यमा ज्याला मजदुरीका लागि गएका थिए ।
गत असोज १७ गते टिस्टा नदीमा आएको बाढी पछि उनीहरू सम्पर्कविहीन थिए । नदीमा आएको बाढीले बगाएको लेदोका कारण त्यस स्थानमा पुग्न नसकिएको र टेलिफोन, विद्युत् सेवा पनि अवरुद्ध हुँदा कसैसँग सम्पर्क हुन सकेको थिएन ।
उनीहरू बाढीमा बेपत्ता भएको हुन सक्ने अनुमान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्