१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


दाङस्थित घोराही–तुलसीपुर चारलेन सडक निर्माणको काम सुरु हुँदैछ : मन्त्री शर्मा


182
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दाङस्थित घोराही–तुलसीपुर चारलेन सडक निर्माणको काम पुनः सुरु हुन लागेको बताउनुभएको छ ।

आज तुलसीपुरमा माओवादी केन्द्रले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री शर्माले तिहार लगत्तै बोलपत्र आह्वान गरिने बिश्वास दिलाउनुभयो ।

उहाँले घोराही–तुलसीपुर सडकलाई चार लेनमा स्तरोन्नति गर्ने सम्बन्धमा सर्वेक्षण भइसकेको र चाडबाड पछि सुरु गरीने प्रष्ट पार्नुभयो । पाँच वर्षसम्म पनि चार लेन निर्माणको काम अलपत्र हुँदा आवागमनमा समस्या भएको छ ।

मन्त्री शर्माले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्साशास्त्रमा स्नातक तहको अध्यापनका लागि भवन निर्माण गर्न ३० करोड रुपैया बजेट विनियोजन गरेको पनि जानकारी दिनुभयो ।