
काठमाडौं । चाड पर्वलाई लक्षित गरी जिल्ला प्रहरी प्रशासन कास्कीले सुरक्षा व्यवस्थामा कडाई गरेको छ ।
विगतमा भएका घटनाहरुलाई मूल्यांकन गरी जिल्ला प्रहरी प्रशासन कास्कीले सुरक्षा व्यवस्थामा कडाई गरेको प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले बताउनुभएको हो ।
उहाँका अनुसार प्रहरीहरु विभिन्न स्थानमा सुरक्षाका लागि तैनाथ गरिएको छ । चोरीजन्य विकृतिहरु चाडपर्वमा बढ्ने र मादक पदार्थ सेवा गरी सवारी साधन चलाउने प्रवृत्ति बढ्ने भन्दै त्यसैलाई मध्यनजर गरेर सुरक्षा व्यवस्था कडा बनाइएको बताउनुभयो । भीडभाड हुने स्थानलाई केन्द्रित गरेर सुरक्षा योजना बनाएको बताउनुभयो ।
उहाँले चाडपर्वलाई लक्षित गरी जिल्ला सीमानामा हुने लागु औषध ओसारपसार रोक्न र हुन नदिनका लागि तालिम प्राप्त कुकुरसहितको टोली तैनाथ गरिएको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्