
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले महिलाहरुको सम्मान गरेमात्रै नेपाली कांग्रेसको भलो हुने बताउनुभएको छ ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले महिलालाई धेरै भन्दा धेरै अवसर दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले प्रतिशतको कुरा गरेर महिलाको अपमान गर्नु नहुने बताउनुभयो । उहाँले आफ्नो सम्मान महिलाप्रति बढी भएको बताउनुभयो ।
नेता कोइरालाले सत्ता महिलाको हातमा पुगे देश परिवर्तन गरिदिने दाबी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्