२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


ओखलढुंगामा आलुको व्यापार बढ्यो


871
Shares

ओखलढुंगा । दशैं नजिकिएसँगै ओखलढुंगामा आलुको व्यापार बढेको छ ।

चाडपर्वमा आलु खपत हुने भएकाले यहाँका स्थानीय साप्ताहिक हाटबजारहरुमा आलुको व्यापार बढेको हो ।

लेकाली भेगमा मुख्य बालीका रुपमा फल्ने आलु यो सिजनमा बजारमा आउने गरेको छ । चाडपर्वमा आलु खपत हुने भएकाले अहिले स्थानीय हाटमा उपभोक्ताको भीड बढेको हो ।

अघिल्ला वर्षहरुभन्दा यसवर्ष आलु धेरै फलेकाले मूल्य समेत सस्तो भएको उद्योग वाणिज्य संघ ओखलढुंगाका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्केले बताउनुभयो । सदरमुकामको बुधबारे र शनिबारे हाटमा रहेको आलु बिक्री केन्द्रमा लोसे अर्थात् बारीमा फलाइएको साधारण आलु ३० देखि ३५ रुपैयाँ प्रति केजी र बुङमा फलाइएको आलु ६० रुपैयाँ प्रतिकेजीमा किनबेच भइरहेको छ ।

ओखलढुंगाबाट काठमाडौँ र तराइका जिल्लामा समेत ठूलो मात्रामा आलु निर्यात हुदै आएको छ ।