
पाँचथर । दशैँ–तिहारमा घर लिप्न र सिगार्न प्रयोग गरिने रातो माटोले अहिले भाउ पाएपछि पाँचथरको फिदिम नगरपालिका–४ चारखम्बेका स्थानीय उत्साहित बनेका छन् ।
विगतका वर्षहरुमा ५० देखि ६० रुपैयाँ प्रति बोरासम्म रातोमाटो विक्री गर्दे आएका स्थानीय अहिले प्रतिबोरा ८० रुपैयाँदेखि एक सय रुपैयाँसम्म रातो माटो बिक्री गर्न पाउँदा उत्साहित बनेका हुन् ।
फिदिमसँगै छिमेकी जिल्ला ताप्लेजुङ, तेह्रथुम, इलाम र झापासम्म रातो माटो लैजाने गरेको स्थानीय नरेन्द्र सुब्बाले बताउनुभयो ।
उनीहरुले वार्षिक प्रति परिवार दुईदेखि पाँच लाख रुपैयाँसम्मको रातो माटो विक्री गर्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्